Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा

Machhapuchchhre Bank Limited

 

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औंल्याएकी छिन् ।

उनले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको उदघाटन कार्यक्रममा बोल्दै डा.राणाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताइन ।

उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ । हामी सबै मिलेर यस्ता चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता तथा आयोजक शंकरदेव क्याम्पसले केसीएमआईटी कलेजविरुद्ध खेल्दैछ ।

 

चन्द एण्ड ब्रदर्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता सानो गौचरण खेल मैदानमा सुरु भएको हो ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछन् ।

प्रतियोगितामा २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले विशेष पुरस्कार पाउनेछन् ।

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...