Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह

 

 

काठमाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ ।

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न बैंकले ग्राहकलाई आग्रह गरेको हो ।

बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘PAN Update’ विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकको भनाइ छ । आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने छ ।

बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनका लागि पनि प्यान अत्यावश्यक छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सो प्यानमा प्रबिष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।

जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकको छ ।

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको व्यवस्था

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १६:४७

  काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु...

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

वि.सं.२०८१ कात्तिक २४ शनिवार १३:००

काठमाडौं । एसोसियो अन्तराष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड बाट इन्फोडिवेलपर्स सम्मानित...

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०९:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:३३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा...

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:२४

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न...

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ...