CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । मंगलबार बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् ।

बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याएको बताएको छ ।

बैंकका अनुसार २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आसार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिइने छ । साथै, साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयका लागि १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्मका लागि २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिका लागि ३५ प्रतिशतसम्म ब्याज छुट दिने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा ल्यायो नयाँ रेडमी प्याड २ (९.७”)

आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमतासहित शाओमीले बजारमा...

वि.सं.२०८३ जेठ १३ बुधवार १३:३३

  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्ने...

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच सम्झौता: साना व्यवसाय र महिला उद्यमीका लागि २ करोड ५० लाख डलरको कर्जा सुविधा

ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच...

वि.सं.२०८३ जेठ १३ बुधवार ११:५३

  नेपालका लघु, साना तथा मझौला उद्यम र विशेषगरी महिला...

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली

उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल हिमालयन सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र...

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग चल्छ : उपाध्यक्ष धमला

स्थिर ब्याजदर र दीर्घ कर्जाले मात्र उद्योग...

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३३

  काठमाडौं । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले...

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...