Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ओली नेतृत्वको सरकारमा २१ मन्त्रीको एकसाथ शपथ

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको बताइएको छ ।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन् ।

यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरु

नेपाली कांग्रेस
१. प्रकाशमान सिंह– सहरी विकास
२.रमेश लेखक– गृह
३.आरजु राणा– परराष्ट्र
४.तेजुलाल चौधरी– युवा तथा खेलकुद
५.अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
६.दीपक खड्का– ऊर्जा
७.ऐनबहादुर शाही– वन तथा वातावरण
८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी

एमाले
१.विष्णु पौडेल– अर्थ
२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
८.मानवीर राई– रक्षा

जसपा
१.प्रदीप यादव– खानेपानी
२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा
१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

 

 

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...