CG Electronics
Ncell NPL
NIMB

किसानको छोरो हुँ, समस्याबारे जानकार छु : मन्त्री अधिकारी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं , ३१ असार । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे ।

उनले भने,‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु । म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु । मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन । ’

साथै उनले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताए । उनले यो आन्दोलनलाइ अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटो भन्दा छिटो समस्या समाधान गर्ने बताए ।

२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन् । पार्टीको मूल राजनीतिबाटै उदाएका उनी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी भएका थिए । उनी गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे ।

२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित उनी पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए ।

उनी यसअघि दुई पटकसम्म जिल्ला सभापति भएका थिए । लगातार दुई पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उनले एक कार्यकाल सभापति छाडेका थिए ।

२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित भएका उनले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन् । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए । यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल भएका हुन् ।

 

CG Electronics
कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच सहकार्य

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:३५

  काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...