Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

रोटरी ई-क्लब डिस्ट्रिक्ट ३२९२ काे नयाँ अध्यक्ष श्रेष्ठले गरे पदभार

Machhapuchchhre Bank Limited

 

काठमाडौं । रोटरी ई–क्लब डिस्ट्रिक्ट ३२९२, नेपालले २०२४ को क्लब स्थापना समारोह सफलतापूर्वक सम्पन्न गरेको ।

शनिबार इन्द्रेणी सुइट्स होटलमा सम्पन्न समारोहमा रोटरियन राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि १२ औं अध्यक्षको रूपमा पदभार ग्रहण गरे । यो क्लब १३ मे २०१३ मा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल–भुटान अन्तर्गत स्थापना भई सञ्चालनमा रहेको छ ।

स्थापना समारोहमा क्लबका सदस्यहरू, उनका जीवनसाथीहरू, रोट्र्याक्टर्स, इन्टर्याक्टर्स, रोटाकिड्स, र डिस्ट्रिक्टका लिडरहरू तथा अधिकारीहरूसहित ६० भन्दा बढी सहभागीहरू थिए ।

प्रमुख अतिथि र निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी विष्णु बहादुर कार्की र उनकी जीवनसाथीले कार्यक्रममा गरिमा प्रदान गरे ।

उनीहरुले सामुदायिक विकासमा रोटरीको महत्व र नेतृत्वको महत्वपूर्ण भूमिकाबारे विस्तिृत जानकारी प्रदान गरे ।

असिस्टेन्ट गभर्नर प्रविन भट्टराईले डिस्ट्रिक्ट र क्लबबीचको परस्पर निर्भरता सामुदायिक स्तरमा स्थायी प्रभाव पार्नको लागि महत्वपूर्ण भएकोमा जोड दिए ।

उनले रोटरी इन्टरनेशनलकी अध्यक्ष स्टेफनी ए. उर्चिकको दृष्टिकोण र उनको थीम ‘द म्याजिक अफ रोटरी’ र डिस्ट्रिक्ट गभर्नर २०२४–२५ राजेन्द्र मान शेरचनद्वारा राखिएको लक्ष्यहरू साझा गरे । एजी भट्टराईले डिस्ट्रिक्ट र क्लबसँगको सम्बन्धलाई मजबुत पार्ने प्रतिज्ञा गए ।

अध्यक्ष राज श्रेष्ठले रोटरी वर्ष २०२४–२५ को लागि आफ्नो दृष्टिकोण र कार्य योजनालाई प्रस्तुत गरे । उनले रोटरी ई–क्लबले सामुदायिक क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानहरूमा प्रकाश पार्नुभयो, जसमा दलसिङे, काभ्रेमा रु ६७, ००, ००० को भूकम्प पुनस्र्थापना परियोजना, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति निरन्तरता, मानसिक स्वास्थ्य कार्यक्रम, वातावरण संरक्षणका पहलहरू, शान्ति निर्माण प्रयासहरू, र वास (पानी, सरसफाइ, र स्वच्छता) परियोजनाहरू समावेश छन् ।

 

उनले रोटरीको ‘आफूभन्दा माथि सेवा’ को नारा लिएर क्लबका राम्रो कार्यहरूलाई अघि बढाउन सक्षम नयाँ नेतृत्व विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा क्लबका आठ चार्टर सदस्यहरू र एस.ई.ई. पास भएका तीन विद्यार्थीहरुलाई सम्मानित गरियो । क्लबका सदस्य रोटरियन पूनम थापालाई पनि रोटरी लर्निंग सेन्टरमा सबैभन्दा धेरै अंक प्राप्त गरी डिस्ट्रिक्टकै टप ११ मा पुग्न सफल भएकोमा सम्मान स्वरूप अध्यक्ष राज श्रेष्ठ र प्रमुख अतिथि ९क्ष्एम्न्० राजेन्द्र धोजुले संयुक्तरुपमा सम्मानित गरे ।

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:००

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा...

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५६

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् :...

वि.सं.२०८१ चैत १३ बुधवार ०७:५३

  काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले...