Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

Machhapuchchhre Bank Limited

 

काठमाडौँ  । चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ ।

आईसिसि टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइ वाइले प्रत्येक रनका लागि रू. १ हजार, प्रत्येक चौकाका लागि रू. ८ हजार, प्रत्येक छक्काका लागि रू. १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

त्यसैगरि प्रत्येक विकेटका लागि रू. १५ हजार, प्रत्येक अर्धशतक वापत रू. ५० हजार, प्रत्येक शतक वापत रू. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि रू. ३० लाख उपलब्ध गराउने वाइ वाइको घोषणा थियो ।

 

सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि रू. ९ लाख ४४ हजार भएकोमा उक्त रकममा रू. ५६ हजार थप गरि हस्तान्तरण गरिएको हो ।

 

बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहवीच सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

 

उक्त अवसरमा बोल्दै सिइओ पुडासैनीले टी-२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिनुभयो ।

 

‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ। अहिले हाम्रो राष्ट्रिय टिम टी-२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु’, पुडासैनीले भन्नुभयो,

‘निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधी सहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ ।’ चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

उक्त अवसरमा बोल्दै क्यानका सचिव पारस खड्‌काले नेपाली क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पुऱ्याउँदै आएको योगदान उच्च रहेको बताउनु भयो ।

 

वाइ वाइले प्रायोजन गरेको यू-१९ प्रतियोगितमा आफुले वाइ वाइ को जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहनु भएका खड्काले स्मरण गर्नुभयो ।

नेपाल आईसिसि टि-२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि रू. ३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ ।

यसैगरि वाइ वाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ‘Predict & Win Contest’ सञ्चालन गरेको थियो । जस अन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः रू. १ लाख, रू. ५० हजार, रू. २५ हजार तथा Tournament Prediction अन्तर्गत ४ जना प्रत्येक विजेतालाई रू. १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको छ ।

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५६

    काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको रजत जयन्ती समारोह सम्पन्न

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५३

  काठमाडौं, ११ चैत । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औँ...

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५१

  काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को...

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:४६

  काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल...