Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सको दरबन्दीको प्रवन्ध हुछ : अर्थमन्त्री पौडेल

 

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले लेखा प्रणालीको गुणस्तर सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले, राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्नुपर्ने संस्थाको विचारमा सहमति जनाउँदै उनले, त्यसका लागि चाँडै पहल कदमी लिने समेत प्रतिवद्धता जनाए ।

 

उनले भने,‘ लेखा प्रणालीको गुणस्तर सुनिश्चीत गर्नका लागि राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्नुपर्छ र त्यो प्रवन्धकासाथ हामीले यो लेखा परिक्षणको कामलाई अगाडि बढाउँनु पर्छ भन्ने कोणबाट जुन विचार व्यक्त भइरहेको छ, म यो अभिव्यक्ति प्रति सकारात्मक दृष्टिकोण रहेको कुरा राख्न चाहन्छु । केही वर्ष लाग्ला तर सार्थकताकासाथ यहाँहरुको यो अपेक्षा र मागलाई सार्थक तुल्याउनका लागि म अर्थमन्त्रीको हैसियतमा पहल कदमी लिने छु ।’

अर्थमन्त्री पौडेलले, आउने दिनमा कर प्रणालीको विकास र लेखा परिक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै अझ प्रभावकारी र विश्वसनियता बनाउका निम्ति चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गरे ।

 

उनले भने, ‘आउने दिनमा कर प्रणालीको विकास र लेखा परिक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै यो क्षेत्रलाई यो विधालाई अझ प्रभावकारी, अझ शसक्क्त, अझ विश्वसनियता बनाउका निम्ति नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । ’

 

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...