CG Electronics
Ncell NPL
NIMB

स्थिर सरकारका लागि पहिलो र दोस्रो ठूला दल मिलेका हौं : देउवा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थिरताका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिलेर सरकार गठन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेको भन्दै स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरेको बताएका हुन् ।

उनले भने, ‘प्रगति हासिल गर्नाका साथै निराशालाई आशामा बदल्ने प्रयासमा हुनेछौँ । सरकारले जनतामा आशा र भरोसा जागृत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।’

सभापति देउवाले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने दाबी गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्पm अग्रसर गराउन आवश्यक रहेको भन्दै संविधानका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास भएको पनि बताए ।

उनले भने, ‘वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउनेछ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिनेछ । भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सबल तथा दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो ।’

वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरूको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आर्थिक शिथिलतालाई गतिशील बनाउँदै रोजगारीका थप अवसरहरूको सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

संसदमा गरेको सम्बोधन जस्ताको त्यस्तै
सम्माननीय सभामुख महोदय,
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ ।

आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ । वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सबल तथा दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।

 

संविधान संसोेधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता के.पी.शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ कोे २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरूको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशील बनाउँदै रोजगारीका थप अवसरहरूको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।

 

सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु ।

 

तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।

CG Electronics
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:५४

  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि...

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २१:०२

  नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:५९

  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं...

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...