Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३५औं वार्षिकोत्सब विविध कार्यक्रमका बीच सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच आइतबार सम्पन्न भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डले एक समारोहकाबीच ३५औं वार्षिकोत्सब मूल कार्यक्रमको समुदघाटन गरे । सो अवसरमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले बोनस तथा कर लयागतका विषयमा कर्मचारी प्रति असमान रहेका विषयमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए । उनले जनताको सेवा गर्दा कर्मचारीले आफुले पाउनुपर्ने सुविधा डटेर लिनुपर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने बताए । सो कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हक हितको लागि उठाइएका माग प्रति महासंघ सँधै साथमा रहेको जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगाना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष गीता पोखरेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गरेको थिए ।

वार्षिकोत्सवको अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७५ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीहरुको उत्पादकत्व विषयमा कर्मचारीहरुबीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्धितीय र रुद्रप्रसद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका थिए ।

 

साथै, उक्त अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय अनिषा खनाल र तृतीय दिक्षा खड्का भएका थिए ।

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघले वार्षिकोत्सवकै अवसरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्ती अनिलसँग अनलाइनबाट स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:४४

  काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन...

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३८

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख...

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:३०

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी...

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:२२

  ७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले...

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि खुल्ला

सानिमा फ्लेक्सी फण्ड : सार्वजनिक लगानीको लागि...

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:१४

  काठमाडौं । सानिमा बैंक लिमिटेडको कोष प्रवर्धक तथा सानिमा...

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

 सर्वोत्तम सिमेन्टले किन्यो जगदम्बा सिमेन्ट

वि.सं.२०८१ फागुन ६ मंगलवार ०८:०६

  काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा ऐतिहासिक पुनर्संरचना भएको छ।...