Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।

आज मिति २०८१ साल साउन ०६ गते होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रु ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए ।

यस कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालज्यूले विभिन्न वित्तीय सूचकहरु जस्तै : जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सबैैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको कुरा बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा बताए ।

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । यस सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । यसका साथसाथै उहाँले जीवन बीमा र शिक्षा को उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने कुरा बताए ।

 

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

विद्युतिय सवारी साधनको बीमा नीतिबारे नाडाको आग्रह

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:११

  काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का उपाध्यक्ष...

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...