Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अटोमोबाइल क्षेत्रका समस्या हटाउन प्रधानमन्त्री ओली सकारात्मक

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।

उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर परचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालूको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने बताए ।

यस्तै, उनले चालुपुँजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने जानकारी दिए ।

त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।

सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागिसमेत आग्रह गर्दै नेपालमा आयात भइरहेको बताए ।

साथै, दुई पांग्रे सवारी साधनहरू मध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पांग्रे सवारी साधनहरू भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभइ फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको नाडाको भनाइ छ ।

त्यसैले इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिनसमेत नाडाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योगहरूको समस्या र चुनौतीहरू बारे जानकारी दिए । सो छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेन्ट उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएका थिए । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स...

वि.सं.२०८१ फागुन ३ शनिवार १३:२७

  फेब्रुअरी १०, २०२५ – विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी...

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा

वि.सं.२०८१ माघ २८ सोमवार २३:०८

पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ ।...

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना : ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना :...

वि.सं.२०८१ माघ २८ सोमवार २१:१९

  काठमाडौं, नेपाल - स्कोडा नेपालले आफ्ना ग्राहकहरूलाई प्रिमियम र...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट सम्मानित

महिला टी२० आई त्रिकोणीय क्रिकेट शृङ्खलामा उत्कृष्ट...

वि.सं.२०८१ माघ २६ शनिवार ०५:३६

  काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागितामा आयोजित महिला...