CG Electronics
Ncell NPL
NIMB

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं, ८ साउन । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ । प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ । प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो ।’

उहाँले विधेयकलाई समयमा नै टुंग्याउनुपर्ने भन्दै तीव्र रुपमा छलफल अगाडि बढाउन पनि आग्रह गर्नुभएको छ । त्यस्तै, बैठकमा प्रेस स्वतन्त्रता कायम गरि काउन्सिललाई नियामक निकायको रुपमा राख्नु पर्ने सांसदहरुको जोड थियो ।

‘मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश अथितिहरुले कुरा उठाउनु भएको छ । संविधानले व्यवस्था गरे अनुसार विधेयक आएको छ कि छैन ? यसका विषयमा कसरी छलफल गरेर अघि बढ्ने यस विषयमा गम्भीर भएर छलफल गरौं ’ सांसद कृष्ण प्रशाद भट्टराईको भनाइ थियो ।

CG Electronics
काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस र एमाले पछि

रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा ५२ सिटमा अग्रता, कांग्रेस...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण...

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो वृद्धि

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा सानो...

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२१

  काठमाडौँ । शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।...

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता, कांग्रेसका गगनको ३७९ मत

सर्लाही–४: अमरेश कुमार सिंहको १९०८ मतसहित अग्रता,...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:५६

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा...

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६ हजार बढी मतले अगाडि

झापा–५ मा बालेनको फराकिलो अग्रता, ओलीभन्दा ६...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:४२

  काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी...