Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ

Machhapuchchhre Bank Limited

 

काठमाडौं, ८ साउन । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताउनु भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ । प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ । प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो ।’

उहाँले विधेयकलाई समयमा नै टुंग्याउनुपर्ने भन्दै तीव्र रुपमा छलफल अगाडि बढाउन पनि आग्रह गर्नुभएको छ । त्यस्तै, बैठकमा प्रेस स्वतन्त्रता कायम गरि काउन्सिललाई नियामक निकायको रुपमा राख्नु पर्ने सांसदहरुको जोड थियो ।

‘मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश अथितिहरुले कुरा उठाउनु भएको छ । संविधानले व्यवस्था गरे अनुसार विधेयक आएको छ कि छैन ? यसका विषयमा कसरी छलफल गरेर अघि बढ्ने यस विषयमा गम्भीर भएर छलफल गरौं ’ सांसद कृष्ण प्रशाद भट्टराईको भनाइ थियो ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...