Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्ड बाट सम्मानित

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानितमा प्रदान गर्ने विभिन्न विधाहरुमध्ये Power and Energy क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड न्यमि Gold Award बाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (ICAN) ले आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

मिति २०८१ श्रावण ५ गते काठमाडाैंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका माननिय उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेकाे थिए । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ ।

कम्पनीको परिष्कृत बार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६३,००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

निर्माणको चरणमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा कम्पनीको लगानी रहेको छ भने पूर्व निर्माणको चरणमा रहेका मस्र्याङ्दी बेसिन स्थित करीव ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाहरु कम्पनीको लगानी रहेको र ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजना निर्माण गर्ने योजना रहेको छ ।

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...