Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बाघको संख्या निश्चित सीमामा कायम गर्नुपर्छ : प्रधानमन्त्री ओली

kumari  bank

ललितपुर, साउन १४ । प्रधानमन्त्री के पी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयाेजना गरेकाे कार्यक्रममा बालबालिकासंग बाघ संवाद गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुकाे सिकार र चाेरीपैठारी रोकेर देशकाे क्षमताअनुसार बाघकाे संरक्षण गर्ने नीति रहेकाे बताउनुभयो।

“देशकाे क्षमताभन्दा बढि बाघकाे संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी बाघकाे संख्यामात्रै बृद्धि गर्दा मानवीय बिनास निम्त्याउन सक्छ। यस्तो अवस्था आउन दिनु हुँदैन” उहाँले भन्नुभयो, “प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका छन्, उनीहरुका लागि सहज बासस्थान चाहिन्छ, उनीसंग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन, मानिसले सचेत भएर जंगली जनावरसंगकाे द्वन्द्वकाे परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलाे सुरक्षा मानिसलाई दिनुपर्छ।”

कार्यक्रममा विभिन्न पाँच विद्यालयका बालबालिकाहरुले राखेकाे प्रश्नको जवाफ दिदै उहाँले प्रकृति सबैको साझा भएको र मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो ।

उहाँले बाघ र वन्यजन्तुकाे संरक्षणका लागि हालकाे सदर चिडियाखाना सानाे भएको बताउँदै वैकल्पिक र उपयुुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयो। उहाँले वन्यजन्तुकाे संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राख्नुभयाे ।

वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरकाे प्राणी उद्यानकाे निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानाे भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरि वर्गीकरणका आधारमा वन्यजन्तुहरुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराउनुभयाे ।

तपाईंलाई प्रकृतिसंग प्रेम गर्न के कुराले प्रेरित गर्याे भन्ने विद्यार्थीकाे प्रश्नमा प्रधानमन्त्री ओलीकाे जवाफ थियाे,”प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानाे हुँदा गाेठालाे लाग्ने गरेकाले गाईभैसी चराउन जंगलमा जाँदा प्रकृतिसंग रमाउन थालें, त्यसैवेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खाेला, नाला, जीवजन्तु, चराचुरुङ्गी सवैसंग प्रेम हुन थाल्यो।”

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...