CG Electronics
Ncell NPL
TATA Banner

बाघको संख्या निश्चित सीमामा कायम गर्नुपर्छ : प्रधानमन्त्री ओली

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

ललितपुर, साउन १४ । प्रधानमन्त्री के पी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयाेजना गरेकाे कार्यक्रममा बालबालिकासंग बाघ संवाद गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुकाे सिकार र चाेरीपैठारी रोकेर देशकाे क्षमताअनुसार बाघकाे संरक्षण गर्ने नीति रहेकाे बताउनुभयो।

“देशकाे क्षमताभन्दा बढि बाघकाे संख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी बाघकाे संख्यामात्रै बृद्धि गर्दा मानवीय बिनास निम्त्याउन सक्छ। यस्तो अवस्था आउन दिनु हुँदैन” उहाँले भन्नुभयो, “प्रकृतिमा धेरै जीव तथा बन्यजन्तु रहेका छन्, उनीहरुका लागि सहज बासस्थान चाहिन्छ, उनीसंग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन, मानिसले सचेत भएर जंगली जनावरसंगकाे द्वन्द्वकाे परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलाे सुरक्षा मानिसलाई दिनुपर्छ।”

कार्यक्रममा विभिन्न पाँच विद्यालयका बालबालिकाहरुले राखेकाे प्रश्नको जवाफ दिदै उहाँले प्रकृति सबैको साझा भएको र मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो ।

उहाँले बाघ र वन्यजन्तुकाे संरक्षणका लागि हालकाे सदर चिडियाखाना सानाे भएको बताउँदै वैकल्पिक र उपयुुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयो। उहाँले वन्यजन्तुकाे संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा राख्नुभयाे ।

वि.सं. २०७३ सालमा आफै प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरकाे प्राणी उद्यानकाे निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानाे भएकाले अन्यत्र पनि चिडियाखाना स्थापना गरि वर्गीकरणका आधारमा वन्यजन्तुहरुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराउनुभयाे ।

तपाईंलाई प्रकृतिसंग प्रेम गर्न के कुराले प्रेरित गर्याे भन्ने विद्यार्थीकाे प्रश्नमा प्रधानमन्त्री ओलीकाे जवाफ थियाे,”प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानाे हुँदा गाेठालाे लाग्ने गरेकाले गाईभैसी चराउन जंगलमा जाँदा प्रकृतिसंग रमाउन थालें, त्यसैवेला मैले बाघ पनि देखें, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खाेला, नाला, जीवजन्तु, चराचुरुङ्गी सवैसंग प्रेम हुन थाल्यो।”

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...