Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

न्युज नेपाल टेलिभिजनमा संचारकर्मी शर्मा, ब्रोडकास्टिङ्ग निर्देशकको रुपमा सम्हाले जिम्मेवारी

 

काठमाडौं । गौरीशंकर टेलिभिजन नेटवर्कले संचारकर्मी सुमन शर्मालाई भित्र्याएको छ । नेटवर्कमा प्रवेश गरे सगै शर्मालाई न्युज नेपाल टेलिभिजन एच डी (एनएन टिभी) मा बिशेष भुमिका सहितको ब्रोडकाष्टिङ्ग निर्देशकको जिम्मेवारी सुम्पेको हो ।

करिब २७ वर्ष लामो अनुभव बोकेका शर्माले कार्यरत कर्मचारीको सुरक्षा र स्थायित्व, टेलिभिजनको बजार, दर्शकको रुचि, बिज्ञापनदाताको माईलेज, कार्यक्रमको गुणस्तर तथा प्रभावकारीता र सान्दर्भिकताको बिषयमा आफू निकै संबेदनसिल रहेको स्पष्ट पारेका छन ।

त्यसैगरी शर्माले पछिल्लो समय समग्र टेलिभिजन क्षेत्र प्रति दर्शक लगायत पत्रकार सन्चारकर्मीहरुको समेत हराउदै गएको बिश्वास र अभिरुचिलाई गहिरो अध्ययन गरेर जग बसाल्दै सबल संरचना खडा गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहने बताए ।

तपाईको प्रवेशपछि अब एनएन टिभीको स्वरुप कस्तो हुन्छ त भन्ने प्रश्नमा शर्माले भने :- “अहिलेलाई धेरै नबोलौ । मनोरञ्जनात्मक कार्यक्रमहरु सहितको एउटा ससक्त  न्युज च्यानलको रुपमा अब टेलिभिजन अघि बढ्ने छ । बाकि कुरा बिस्तारै तपाईहरुले देखिहाल्नु नै हुनेछ ।”

शर्माको लगाव, अनुभव, अध्ययन र कार्यशैलीले टेलिभिजनलाई नयाँ उचाईमा पुर्याउने विश्वास रहेको टेलिभिजन ब्यवस्थापकले जनाएको छ ।

२०५४ सालमा दिव्य दर्शन राष्ट्रिय साप्ताहिकबाट आफ्नो पत्रकारीता सुरु गरेका शर्मा २०५७ सालदेखि टेलिभिजन क्षेत्रमा सक्रिय छन । शर्माले त्रिभुवन विश्व विधालयबाट स्नातकोत्तर गरेका छन । पत्रकारिता अध्ययन तथा भारतबाट शर्माले टेलिभिजन ब्रोडकास्टिङ एण्ड मेनेजमेन्ट बिषयमा समेत मास्टर गरेका छन ।

विभिन्न टेलिभिजन लगायत छापा, रेडियो तथा अनलाईन पत्रकारीताको समेत अनुभव बटुलेका शर्माले यसअघि २०७९ चैत १७ देखि २०८० फागुन ३ गतेसम्म तत्कालिन उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालका प्रेस सल्लाहकारको समेत जिम्मेवारी सम्हालेका थिए ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...