Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार

Machhapuchchhre Bank Limited

 

काठमाडाैं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-७, बोवाङ, निसीखोला गाउपालिका-५, निसी, वडिगाड गाउँपालिका-२, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष माननिय श्री देवी प्रकाश भट्टचनज्यूबाट गरिएको छ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ। प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ।

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...