Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि गरियो ५५० वृक्षरोपण

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो ।

सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको साइमेक्स इंकले जनाएको छ ।

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिने कम्पनीको भनाइ छ ।

कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ । त्यसैगरी १० वर्ष पछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुने कम्पनीको भनाइ छ ।

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौ’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, ‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौ ।’

‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ ।

 

‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ । बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौ’, द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने ।

 

वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने छ ।

अभिनव र प्रभावकारी पहलद्वारा दिगो भविष्य निर्माणका लागि साइमेक्स सदैव प्रतिबद्ध रहने छ । ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान यही लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण पाइला हो, जसले हाम्रो वातावरणलाई संरक्षण र पुनस्र्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ ।

 

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ...

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३१

  काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड...

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी...

वि.सं.२०८२ वैशाख ३ बुधवार २१:५५

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

एनएआईएमएद्वारा नेपालको सबैभन्दा ठूलो मोबिलिटी शोको घोषणा

वि.सं.२०८२ वैशाख ३ बुधवार १९:४०

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्युफ्याक्चरर्स एसोसिएसनले नेपालको...

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज अफर र उपहारसहित इभी अनुभवको नयाँ सुरुआत

दिपलको नयाँ सोरुम चितवनमा: टेस्ट ड्राइभ, एक्सचेन्ज...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:५६

  चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई युरोप घुम्ने अवसर

‘स्काईवेल ड्राइभ २०२५’ : एसयुभी किन्ने जोडीलाई...

वि.सं.२०८१ चैत २९ शुक्रवार ११:४१

काठमाडौं । स्काईवेल एसयुभी किन्ने ग्राहकले युरोप भ्रमण गर्ने अवसर...