BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

 

 

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउँमा भएकाले स्पष्ट बहुमत रहेको छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नुवाकोटको ताँदी गाउापालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३।५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री लामिछानेले बताए ।शाह कांग्रेस प्रवक्ता प्रकाशशरण महत जलस्रोत उर्जा तथा सिंचाई मन्त्री हुँदा स्वकीय सचिव थिए ।

 

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...