´लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो ` : शंकर पोखरेल

Tuesday Jul 30, 2024
वि.सं.२०८१ साउन १५ मंगलवार १०:५३

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन् ।
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । ´राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो ।
` महासचिव पोखरेलले भने ´त्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ ।
एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।` महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए ।
सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताए ।