Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

 

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...