Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

किताब जात्रा सुरु, शिक्षा र चेतनाको स्तर उकास्न उपयोगी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ ।

लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि योगदान सबैले हातेमालो गर्दै आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए ।

‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ ।

आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ । यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु,’उनको भनाइ थियो ।

किताब जात्राको छैटौं संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए ।

समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पुर्ण साथ र सहयोग रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी अहिले किताब जात्राको छैटौं संस्करणमा छौं । जात्रा अविचलित र अविराम जारी रहोस् । समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रुपमा रुपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्खले प्रशंसा गर्न चाहन्छु ।

यो प्रयासमा नेपाल सरकार साथमा रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु । किताबका माध्यमबाट ज्ञान र विवेकलाई समाजमा सम्प्रेषण गर्ने अभिछिन्न शृंखला मानव समाजमा छ ।

शृंखलालाई प्रभावकारी ढंगले अगाडि बढाउने सन्दर्भमा जात्रा महत्पूर्ण छ । अझ जात्रा मौलिकतामा आधारित रहेको छ भन्ने विश्वास मैले लिएको छु ।’

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला काठमाडौंमा सम्पन्न

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १७:४१

  काठमाडौं । पाकिस्तानका शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेका नेपाली...

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...