Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल उनले यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले विधेयकलाई पारित गरौं । विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ । ई–कमर्शबाट सञ्चालन हुने व्यापार कारोबारहरुलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ । यसबाट सरकारको पनि विजिनेस बढ्ने छ ।’

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘आएको संशोधन प्रस्तावहरुको छलफलबाट अगाडि बढाएर संशोधनका केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्नेछ । समितिको तर्फबाट सभापतिले दलगत रुपमा संशोधनकर्ताहरुको प्रतिनिधित्व गर्ने गरि छलफल र संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार छ ।’
यस्तै, उनले संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरुलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए ।

उनले भने, ‘संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा छन् । अति आवश्यक कानूनहरु संविधान संशोधनका लागि पनि आवश्यक छन् त्यसैले ऐनहरुबाट संविधान कार्यान्वयनमा बल पुग्छ । यतिबेला सबैले बढी उत्सुकता देखाएर संसदलाई पनि विजिनेस दिने र कानून अभावले प्रभावित भएको थुप्रै कामहरु यतिबेला निष्कर्ष दिन सकिन्छ । सरकारलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।’

 

 

 

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...