Ncell NPL
NIMB
NMB Bank

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल उनले यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरि एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले विधेयकलाई पारित गरौं । विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ । ई–कमर्शबाट सञ्चालन हुने व्यापार कारोबारहरुलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ । यसबाट सरकारको पनि विजिनेस बढ्ने छ ।’

उनले संशोधन प्रस्तावहरुको केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रुपमा संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘आएको संशोधन प्रस्तावहरुको छलफलबाट अगाडि बढाएर संशोधनका केही महत्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्नेछ । समितिको तर्फबाट सभापतिले दलगत रुपमा संशोधनकर्ताहरुको प्रतिनिधित्व गर्ने गरि छलफल र संशोधनलाई निष्कर्षमा पु¥याउने हो भने पनि मन्त्रालय तयार छ ।’
यस्तै, उनले संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरुलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए ।

उनले भने, ‘संसदले विजिनेस नपाएको बेलामा समितिहरुमा धेरै विधेयकहरु छलफलमा छन् । अति आवश्यक कानूनहरु संविधान संशोधनका लागि पनि आवश्यक छन् त्यसैले ऐनहरुबाट संविधान कार्यान्वयनमा बल पुग्छ । यतिबेला सबैले बढी उत्सुकता देखाएर संसदलाई पनि विजिनेस दिने र कानून अभावले प्रभावित भएको थुप्रै कामहरु यतिबेला निष्कर्ष दिन सकिन्छ । सरकारलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।’

 

 

 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...