Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

मन्त्री चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति घोषणा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ। आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित विभिन्न सरकारी निकाय, सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भएको वहत् भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीका नेतृत्वमा समिति गठन भएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन्।

चौधरी नेतृत्वको समितिमा परिषदका उपाध्यक्ष, मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुखहरु, विभिन्न संघीय मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयका प्रतिनिधि , प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सवै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवा केन्द्रित सङ्घसंस्थाका प्रतिनिधि, परिषद् सदस्य , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधिलगायत रहनेछन्।

यस्तै विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका प्रतिनिधि, परिषद्सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषद्का सबै जिल्ला युवा समितिका अध्यक्षसमेत समितिमा रहेका छन्।

१९९८ अगस्ट ८- १२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व सम्मेलन भएको थियो। सम्मेलनले आआफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ वुंदे लिसवन घोषणापत्र जारी गरेको थियो। सन् १९९९ को डिसेम्वर १७ मा वसेको राष्ट्रसंघको ५४औ महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० वाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन थालियो।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा श्रावण २८ गते आयोजनामा हुने मुल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने परिषदका कार्यकारी उपाध्यक्ष बस्नेतले वताए। उक्त दिन विहान प्रभातफेरी समेत गरिने बस्नेतले बताए।

कार्यकारी उपाध्यक्ष बस्नेतले साताव्यापीरुपमा दिवस मनाइने जानकारी दिए। उनका अनुसार दिवसको अवसरमा युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपणलगायतका कार्यक्रम गरिनेछ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...