Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले राखे पाँच बुँदे माग

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो । इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एक वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनुपर्ने, मापदण्डविपरीत रहेका कलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ ।

साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्र्टनसीप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरुपता हुनुपर्ने एशोसिएशनको माग छ ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा.नवीन यादवले आफूहरुको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरु नेपाल फर्किन बाध्य भएको उनले सुनाए ।

बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरुले यी मागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए ।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमा पर्याप्त बहस नै नभएको बताए ।

यस विषयमा नेपाली पत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ ।
लाखौंलाख विद्यार्थी मेडिकल शिक्षा पढ्न जान बाध्य हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले राखेको माग पूरा गर्न सरकारलाई उनले आग्रह गरे ।

अहिले बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु त्यहाँ चर्किएको आन्दोलनका कारण समस्यामा रहेको बताउँदै पत्रकार धमलाले त्यतातिर राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

‘नेपाली विद्यार्थीहरुले चीन, बंगलादेश, फिलिपिन्सलगायतका देशमा पढेर आउँदा समस्या छ । सरकारले सहयोग नै गर्दैन । मेडिकल काउन्सिलले शर्त दिन्छ । त्यो पूरा गर्न समस्या छ । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले अगाडि सारेको जायज र सान्दर्भिक माग पूरा गराउन सञ्चार जगत लाग्नुपर्छ,’– पत्रकार धमलाले भने ।

त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कीले सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीप गर्दा उतैको औषधीको नाम सिक्नुपर्छ ।

जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधीहरुको नाम सिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्नसक्छौं,’उनले भनिन् ।

साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरुको पढाइ प्रभावित भएको उनले सुनाइन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीप चाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...