BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

मौसम खराबीका कारण रारा विमानस्थलबाट उडान ठप्प

मुगु । मौसम खराबीका कारण तीन दिनदेखि रारा विमानस्थलमा उडान हुन सकेको छैन । बर्षाद्को समयमा मौसममा खराबी आइरहँदा रारा ताल्चा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।

गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडेपनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो ।

आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो ।
तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज, सुर्खेत ,काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च बढ्दै गएको यात्रुहरुको गुनासो छ ।

उडान नहुँदा मुख्य गरि वर्षे विदामा घर गएका शिक्षकहरु, बिरामी, प्रदेश कार्यालय, समीक्षा गोष्ठीमा गएका कर्मचारीहरू प्रभावित भएका छन् । रारामा नियमित उडान भर्ने तीत निजी एयरलायन्सहरु मध्ये तारा एयर मर्मत सम्भारको लागि काठमाडौं र सिता एयरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एयरले मात्र उडान भर्दै आएको थियो ।

सीता एअर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भामले आफ्नो एयरलायन्सले पनि मौसमले साथ दिए सम्भवत सोमबारबाट नियमित उडान गर्ने बताए । रारामा आफूहरुले नियमित उडान गर्दै आएपनि मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एयरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्लले बताए ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...