Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वाणिज्य बैंकहरूको नाफा कसको कति ?

kumari  bank

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले करिब ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ ।

 

सञ्चालनमा रहेका २० मध्ये १० वटा बाणिज्य बैंकहरु गत आर्थिक बर्षमा नाफा बढाउन असफल देखिएका छन् । यसपाली भने सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचिमा नबिल बैंक नै पहिलो बनेको छ । नबिल बैंकले ७ अर्ब ६ करोड खुद नाफा आर्जन गरेको छ ।

 

यस्तै ग्लोबल आइएमई बैंकले गत बर्ष ६ अर्ब १ करोड नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने बैंकमध्ये तेश्रो स्थानमा छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,उक्त बैंकले गत बर्ष ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै प्रभु बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। यस्तै यस्तै सरकारी स्वामित्वको कृषि विकास बैंकले गत बर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा प्राइम कमर्सियल बैंकले ३ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ३ अर्ब ३९ करोड खुद नाफा गरेको छ। अघिल्लो बर्ष स्टाण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ मात्रै खुद नाफा गर्न सफल भएको छ।लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षभन्दा ४० प्रतिशतले नाफा बढाएको हो ।सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

 

 

बैंकहरुले प्रकाशन गरेको विवरण अनुसार, हिमालयन बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड नाफा आर्जन गरेको छ । कुमारी बैंकले अघिल्लो आर्थिक बर्षभन्दा गत बर्ष मुनाफा ह्वात्तै बढाएको छ । कुमारीले गत बर्ष २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यस्तै नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड कायम भएको छ।

 

यस्तै सिटिजन्स बैंकको १ अर्ब ८६ करोड,एनआइसी आर्थिक वर्ष १ अर्ब ३८ करोडमा नाफा आर्जन गर्दा नेपाल बैंक १ अर्ब ६६ करोडमा सीमित भएको छ। यस्तै सानिमा बैंकको २ अर्ब ३८ करोड नाफा आर्जन गर्दा माछापुच्छ्रे बैंक सबैभन्दा पुच्छरमा छ र गत बर्ष उक्त बैंकले १ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको छ ।

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...