BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागिन

 

 

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेकी छिन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो । उक्त प्रदर्शनले उग्र रुप लिएपश्चात प्रधानमन्त्री हसिनाले राजिनामा दिएर देश छोडेकी हुन् ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।

सेनाको पल्टामा सत्ता

बंगलादेशका सेनापति वाकर उज–जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् ।

 

 

 

काठमाडौंमा पाकिस्तानी दूतावासले वार्षिक पूर्व छात्र भेला आयोजना गरे

काठमाडौंमा पाकिस्तानी दूतावासले वार्षिक पूर्व छात्र भेला...

वि.सं.२०८१ भदौ २३ आइतवार १७:३३

काठमाडौं । यस परम्परालाई निरन्तरता दिँदै काठमाडौंस्थित पाकिस्तानी दूतावासले शनिबार...

काठमाडौंमा पाकिस्तानी दूतावासले रक्षा तथा शहीद दिवस मनाए

काठमाडौंमा पाकिस्तानी दूतावासले रक्षा तथा शहीद दिवस...

वि.सं.२०८१ भदौ २३ आइतवार १७:२३

  काठमाडौं  । नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मी...

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...