Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हिमालयन लाइफको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’ भव्य रुपमा सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा शनीबारका दिन ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बिधा अन्तर्गत उत्कृष्ठ कारोबार गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि उक्त कार्यक्रम गरेको कम्पनीले जानकारी दिएको छ । यस अवधिमा टिम, व्यक्तिगत कोडमा सर्बाधिक कारोबार गर्ने र सबैभन्दा बढी बीमा पोलिसी बिक्री गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनी व्यवसायिक रुपले बलियो बन्दै गएको बताएका छन् । उनले बीमा व्यवसायमा अभिकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई सम्मान र हौसला दिएका छन् ।

 

सोही कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न क्षमता अभिवृद्धि तालिम, भ्रमण लगायताका कुरालाई जोड दिनुपर्ने बताए । उनले अभिकर्ताहरुलाई सक्रिय बनाउन कम्पनीले आफ्नो तर्फबाट शतप्रतिशत दिएको समेत जिकिर गरेका हुन् ।

कार्यक्रममा कम्पनीका सीईओ मनोज कुमार लाल कर्ण, डिसीईओ कपिल कुमार दाहाल, उच्च व्यवस्थापकीय कर्मचारी र विभिन्न बिधामा सर्बोत्कृष्ट व्यवसाय गर्न सफल ७० जनाको सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कम्पनीका सूचना अधिकारी कपिल कुमार दाहालले जानकारी दिए ।

 

गत आर्थिक वर्षको अवधिमा व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न सफल भएका एजेन्सी बिक्रम उदासले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् । साथै उनले भने, ‘कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले दिएको यो सम्मान र हौसलाले आगामी दिनमा अझै बढी व्यवसाय गर्न मद्दत पुग्ने विश्वास लिएको छु।’

 

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...