Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड माथि

Machhapuchchhre Bank Limited

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो ।

 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १३ दशमलव ३९ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ थियो ।

 

यता, गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १६ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १५ अर्ब २ करोड ६७ लाख रुपैयाँ थियो ।

 

बैंकको इम्पेयरमेन्ट चार्ज भने २९३ दशमलव ९७ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको सञ्चालन नाफा ५३ दशमलव ८३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकले गत वर्ष ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ ।

 

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा १ दशमलव ७४ प्रतिशत कायम भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ नोक्सानीमा देखिन्छ । यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २९ रुपैयाँ १८ पैसाले घटेर ९ रुपैयाँ २६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा रहेको छ ।

 

असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी २९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार २२ दशमलव ८३ प्रतिशतले बढेर १७ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष बैंकले २ खर्ब ७२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३०

  काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक...

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:१४

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८...

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:४९

  काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट...

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:०१

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व...