BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

हिमालयन बैंकको खुद नाफा ८१.५९ प्रतिशतले बृद्धि

 

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो ।

बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद शुल्क तथा कमिशन आम्दानी पनि ७.५८ प्रतिशतले बढाएर १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खुद सञ्चालन मुनाफा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म यो रकम ६ अर्ब ७० करोड रुपैयाँमा सीमित थियो ।

बैंकको कर्मचारी खर्च ३ अर्ब १९ करोड रुपैयाँ र अन्य सञ्चालन खर्च १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ५ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको रिजर्भको आकार २२ अर्ब ४३ करोड रुपैयाँबराबर रहेको छ । रिजर्भको आकार अघिल्लो आवको तुलनामा ४७.४६ प्रतिशतले बढी हो ।

 

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३२

  सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा...

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा योजना सञ्चालनमा

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३०

  काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर...

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१४

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा...

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ सँग सम्झाैता

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’...

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१२

  काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल...

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

वि.सं.२०८१ भदौ २६ बुधवार २२:०६

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा...

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न...

वि.सं.२०८१ भदौ २६ बुधवार २१:५३

  काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी...