Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

लक्ष्मी सनराइज बैंकको खुद मुनाफा ३२.७९ प्रतिशतले बृद्धि

 

 

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

लक्ष्मी सनराइज बैंक लिमिटेडले एक वर्षको अवधिमा ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । जुन अघिल्लो आर्थिक वर्ष तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ११ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसमममा ३ अर्ब २७ करोड ६० लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३५.९९ प्रतिशतले बढाएर ४ अर्ब ४५ करोड ४९ लाख रुर्पैयाँ पुराएको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र खराब कर्जा २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको हो । यसअवधिमा कम्पनीको चुक्तापूँजी २३ अर्ब १८ करोड रुपैयाँ, बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित, निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ।

 

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...