Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

घट्टेपाँखा–धेद्रे सुरुङ छिचोलियो, द्रूतमार्ग विकासको नमुना हुनेछ : प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner
मकवानपुर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रूतमार्ग आधुनिक विकासको नमुना सावित हुने बताउनुभएको छ ।
नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रुपमा यो द्रूतमार्ग बन्नेछ । यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’
उहाँले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्‍याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताउनुभयो ।
द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिनुभयो ।
लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...