Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्राइम कमर्सियल बैंकको खुद मुनाफा २६७.१९ प्रतिशतले बृद्धि

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा ३.६ गुणाले बढेको छ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २६७.१९ प्रतिशत बढी नाफा गरेको हो ।

 

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानीसँगै अरु आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । बैंकको ब्याज आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो पटक ७ अर्ब १४ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब छ । त्यस्तै गत आवमा लोनलस प्रोभिजन १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

 

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ६ रुपैयाँ १८ पैसा हो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ । बैंकको निष्क्रिय कर्जा कुल कर्जा ४.६७ प्रतिशत छ, अघिल्लो पटक यस्तो कर्जा ४.८५ प्रतिशत थियो । बैंकको सीडी रेसियो ८६.२० प्रतिशत छ ।

बैंकको मुख्य बिजनेस मानिने कर्जा प्रवाह १८.५८ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।त्यस्तै बैंकको आधार दर ८. ४९ प्रतिशत छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष (रिजर्भ)मा ११ अर्ब ५२ करोड रुपैयाँ छ ।

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...