Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

खातामा प्यान अद्यावधिक गर्न आफ्ना ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

 

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले सो आग्रह गरिएको हो ।

ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको ‘ PAN Update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने ब्यहोरा समेत बैंक जानकारी गराएकाे छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकको अनुरोध छ ।

 

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...