API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।

समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रा.लि.का ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरुले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै   आइरहेको छ ।

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्चिंग

सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय...

वि.सं.२०८१ माघ ५ शनिवार २२:३९

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ...

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:५२

  काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २०...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:३५

  काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्री

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२७

काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता...

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२४

  काठमाडौं। सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको...

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

नेपाल एसबिआई बैंकको सीइओमा तिवारी

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:२२

  काठमाडौं । नेपाल एसबिआई बैंकको प्रबन्धक संचालक तथा प्रमुख...