Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

क्रिकेट मिट्स टेक्नोलोजी : आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

 

काठमाडौं,नेपाल , २४ श्रावण – आफ्नो नवीन शैली र पहुँचका कारण प्रतिष्ठित टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्तिको खुलासा भएको थियो।

आकर्षक प्रस्तुतिको साथ शुरु भएको उक्त कार्यक्रमले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो। कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो ।

युवा र ऊर्जावान खेलाडीहरूका रुपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको “स्टप एट नथिङ” को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, “हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ।“

उक्त अवसरमा आरिफ शेखले भने, “म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसंग मिलेको छ ।“

आसिफ शेखले थपे, “टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।“

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने, “आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हामी हर्षित छौँ । क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवाहरूलाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरु झल्काउँछ । टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ।”

टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १०% बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो। टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो। साथै टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित छ।
यस रोमाञ्चक साझेदारीको साथ, टेक्नो नेपालले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिश र नवीन प्रविधिहरू प्रदान गर्ने आफ्नो मिशन जारी राख्ने तयारी गरेको छ।

टेक्नोको बारेमा
टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। यसको सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ।

आज, टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट HiOS अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ।

“स्टप एट नथिङ” भन्ने नाराका साथ टेक्नो उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको छ। स्टाइलिश र बौद्धिक उत्पादनहरु संगै टेक्नोले विश्वभरका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यको लागि निरन्तर अग्रसर रहन प्रेरित गर्दछ। थप जानकारीको लागि, टेक्नोको आधिकारिक साइट–

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवमा वित्तीय साक्षरता...

वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:०४

  काठमाडौँ। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको...

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...