BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सिसिआई गठन गर्नुपर्छ : पूर्वअध्यक्ष राणा

 

नयाँदिल्ली । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सिसिआई गठन गर्नु पर्ने बताएकी छन् ।

भारतको नयाँदिल्लीमा बुधबार आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा आर्थिक सशक्तिकरणको समावेशी सम्बन्धमा विषयक छलफलमा बोल्दै पूर्वअध्यक्ष राणाले यस्तो बताएकी हुन । उनले निरन्तर र आर्थिक गतिविधिमा समावेशीकरणका नयाँ उब्जिएका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले महिलाको वित्तमा पहुँच बढाउन, सीप विकास तालिम र शिक्षा, मार्गदर्शन अवसर, सहजीकरण गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिइन ।

उनले सीसीआईले नेपाल र अन्य सदस्य राष्ट्रका महिला उद्यमीहरूलाई उनीहरूको व्यावसायिक सीप अभिवृद्धि गर्न, बजार बुझ्न मद्दत गर्न कार्यशाला, सेमिनार र तालिमको व्यवस्था गरिनु पर्ने उल्लेख गर्नु भयो । पूर्वअध्यक्ष राणाले आर्थिक समावेशीकरणका धेरै फाइदाहरू रहेको भन्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील र कार्यस्थललाई थप नवीन बनाउने धारणा राखिन । उनले लैङ्गिक समानता कायम राख्दा अर्को वर्षको अन्त्यसम्ममा विश्वको वृद्धिमा १२ ट्रिलियन अमेरिकी डलर थपिने बताइन ।

उनले सरकार र निजी क्षेत्रका व्यवसायिक निकायहरूलाई महिलाको आर्थिक सहभागितामा रहेका अवरोधहरू हटाउन पहल गर्न सबैलाई आह्वान समेत गरिन । उनले बिमस्टेक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मा महत्वपूर्ण भूमिका खेल्ने नेपाली उद्यमीहरूलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिन । उनले बिमस्टेकमा बिमस्टेक सिसिआई गठनले व्यापार र लगानी अवसर वृद्धि गर्न काम गर्ने बताइन । उनले बिमस्टेक सीसीआईले आयोजना गर्ने व्यापार मेला, व्यापार मञ्च र लगानी सम्मेलनमा सहभागी भएर नेपाली उद्यमीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न, विदेशी लगानी आकर्षित गर्न र नयाँ बजार खोज्न सकिने पनि उल्लेख गरिन ।

पूर्वअध्यक्ष राणाले नेपाली महिला उद्यमीहरूको संलग्नता विशेष गरी उल्लेखनीय रहेको बताइन । उनले बिमस्टेकले उनीहरूलाई नेटवर्क गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न, र व्यवसायमा महिलाहरूका लागि उपयुक्त स्रोतहरू र प्रशिक्षण कार्यक्रमहरू पहुँच गर्न प्लेटफर्म प्रदान गर्नेर् बताइन ।

बिमस्टेक सिसिआईमा नेपाली उद्यमीहरूको सक्रिय सहभागिताले क्षेत्रीय आर्थिक एकीकरणलाई बढावा दिन, व्यापार अवसरहरू बढाउन र नेपाल र बृहत्तर बिमस्टेक िक्षेत्रको दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने उल्लेख गरिन ।

 

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री

निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबावबाट...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:५२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता...

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : सभापति देउवा

नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:४५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारालिम्पिकमा...

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ : मन्त्री पाण्डे

मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३५

  काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई...

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था गरौं : अर्थमन्त्री पौडेल

बैंकिङ कसूरमा घट्नाको प्रकृति हेरेर सजायको व्यस्था...

वि.सं.२०८१ भदौ २३ आइतवार १६:३३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको...

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

कोरियामा इपिएसमार्फत रोजगारी पाउने नेपालीको संख्या एकलाख...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५५

  काठमाडौं । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको...

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा...

वि.सं.२०८१ भदौ २२ शनिवार १५:२९

  काठमाडौं । नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१...