Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

संविधान संशोधनमार्फत अधिकारका विषय सम्बोधन हुनेछ : मन्त्री सिंह

kumari  bank

 

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा सबैको लागि सहज वातावरण निर्माण गर्ने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरुलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि अघि बढेको बताएका हुन् ।

उनले भने, ‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टीका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागि संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागि यो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु ।’

उनले संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरुलाई पूरा गर्न र निश्चित विधि र प्रक्रियाबाट संविधान संशोधन गर्नको लागि वर्तमान सरकार बनेको पनि बताए ।

यसको साथै, उनले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने पनि बताए ।

उनले भने, ‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ । अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुदैँन् ।

नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरुप शासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुन कुन तहलाई दिने हो त्यो अनुसारको कानून बनाएर अधिकारहरु दिनुपर्छ ।’

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...