Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

प्रशासकीय तथा वित्त सहायक खनालविरुद्ध सर्वोच्चमा पुनरावेदन

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत कमल प्रसाद खनालविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमध्ये प्रतिवादी कमल प्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेर सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कमल प्रसाद खनालले गैरकानूनी भ्रष्टाचार गरेको भेटिएको हो ।

साविकको जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आ.व. २०७०÷०७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत नेपाल जलवायु परिवर्तनको प्रचार प्रसारको लागि होर्डिङ् बोर्ड निर्माण कार्यमा न्यू एकता इन्जिनियरिङ्ग वर्क्स नेपालगञ्ज, बाँकेको नामबाट मिति २०७१ बैशाख २४ गते कर बिजक नं. ५८ को नक्कली बिलबाट होर्डिङ बोर्ड निर्माण गरेको भनी २ लाख ४७ हजार ४ सय ९७ रूपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

यस्तै निर्मल लामिछानेको नक्कली भरपाई स्रेस्तामा समावेश गरी २४ हजार ढुवानी खर्च भुक्तानी लिने कार्य गरेको खुल्न आएकोले उक्त प्रचार प्रसार कार्यक्रम सञ्चालनको निमित्त पेश्की बुझिलिई जिम्मेवारी लिने र झुट्टा बिल भरपाई समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाई कार्यक्रम नै नगरी आफूले लिएको पेश्की फछर्यौट गर्ने क्रममा होर्डिङ वोर्ड निर्माण गरेको नक्कली विल र उक्त होर्डिङ वोर्ड ढुवानी गरेको नक्कली भरपाई पेश गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पु¥याएको भनेर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

तत्कालीन नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत खनालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको देखिएकोले निज प्रतिवादी खनाललाई तीन लाख २६ हजार ४ सय ९७ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र विगो बमोजिम जरिवाना हुन एवम् सोही दफा ८(१) बमोजिम वदनियतसाथ हानी नोक्सानी गरेको कुल रकम रु.३,२६,४९७।– (तीन लाख छब्बीस हजार चार सय सन्तानब्बे रुपैंया) बिगो निजबाट असुल उपर हुन मागदाबी लिइएको छ ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...