Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ग्लोकल टीन हिरो नेपालको १०औं संस्करण अन्तर्गत, ग्लोकल २० अन्डर २० को घोषणा

 

काठमाडौं ।आज ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ। ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ।

 

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ। देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको छ।

२० अन्डर २० किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान/अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ:

 

आदेश रेग्मी, १८, सामाजिक कार्यकर्तास आशिष पन्थी, १९, सामाजिक कार्यकर्तास आयुष्मान पुरी, १८, सामाजिक कार्यकर्तास आर्यन बस्नेत, १८, आईटी उत्साहीस आशिष बंजारा, १८, सामाजिक कार्यकर्तास घनश्याम विश्वकर्मा, १९, बालअधिकारकर्मीस ह्याङ्साम नेम्वाङ, १७, उद्यमीस कौशल निरौला, १९, वातावरण अभियन्तास किशोर शाही, १६, जलवायु अभियन्तास क्रिस्टिना खनाल, १८, प्राविधिक उत्साहीस निश्चल भट्टराई, १६, सामाजिक कार्यकर्तास प्रशिम तिम्सिना, १६, टेक्नोप्रेनरस पूर्णिमा तिम्सिना, १७, बाल अधिकार कार्यकर्तास सजनी शर्मा, १९, सामाजिक कार्यकर्तास सौरभ बाँस्तोला, १७, STEMकार्यकर्तास शक्ति केसी, १९, एआई उत्साहीस श्रीजय सुवेदी, १८, प्राविधिक उत्साहीस सिन्सिया केसी, १९, स्वास्थ्य कार्यकर्तास सुगम पराजुली, १९, उद्यमी र तुषार शाह, १७, इनोभेटर।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन्। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युरोपेली संघस संघीय गणतन्त्र जर्मनीको दूतावास, युएन वुमेनस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, KFCपंचकन्या गु्रप, नबिल बैंक, डिशहोम गो, Ace Institute of Management,र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमाNo Next Question (NNQ); समर्थकमा ईसेवा, पिज्जा हट र आईएमएस गु्रप रहेका छन्।

 

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...