API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट

काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थित होटल रोयल एयरपोर्ट सञ्चालनमा आएको छ । शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।

होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । ‘पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु उनले भने’, ‘अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्ययोगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उनीहरु मेरो थप सहयोग र सहकार्य रहनेछ ।’

माननीय मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । अन्त्यमा उनले युवाहरु मिलेर सञ्चालनमा आएको होटल रोयल एरपोर्टको सफलताका लागि व्यवसायीहरुलाइ शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ वटा रुमको सहितको यो होटलमा ५० शैया रहेका छन् । ‘२०० जना भन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,’ अध्यक्ष श्रेष्ठ बताए।

उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्ययोगमा ठूलो टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री...

वि.सं.२०८१ माघ ५ शनिवार ०९:२३

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको...

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ...

वि.सं.२०८१ माघ ४ शुक्रवार २१:४६

  अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा...

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

उत्पादित ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन :...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:५२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा...

वि.सं.२०८१ माघ ४ शुक्रवार २०:०७

  काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक...

वि.सं.२०८१ माघ ४ शुक्रवार १९:५८

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...