Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डीन कोजु धुलिखेल अस्पतालमा कार्यरत छन्।

रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित भएका हुन्।

रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन्।

पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजुलाई सो सम्मान प्रदान गरिएको हो। पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई नगदसहित सम्मान प्रदान गरेका हुन्।

यसैगरी प्राडा ताम्राकारले पिताको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाईम्सलाई साप्ताहिकलाई प्रदान गरिएको छ। साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले नगदसहित सम्मान प्रदान गरेका हुन्।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...