CG Electronics
Ncell NPL
NIMB

ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचारहरु भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए ।

 

उनले भने,‘सुशासनको अभावका कारणले भनौं अर्थात ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो । भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ । यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ ।’

उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए । उनले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए ।

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ...

वि.सं.२०८२ माघ २१ बुधवार १२:१४

  काठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल...