Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

वैदेशिक रोजगारी ऐन र श्रम ऐन चाँडै संशोधन गरिने

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारी ऐन र श्रम ऐनलगायतलाई समसामयिक बनाउने विषयमा व्यापक छलफल भइरहेको बताएका छन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा उनले नीति स्पष्ट नभएसम्म ऐन कानूनको आधार नहुने भन्दै नीतिको मस्यौदा आएको धारणाको आधारमा ऐन संशोधन अगाडि बढाउने बताए ।

उनले भने, ‘वैदेशिक रोजगारी ऐन र श्रम ऐनलगायतका जति पनि ऐनहरु छ, त्यो ऐनहरु समसामयिक हुनुपर्छ भन्ने विषयमा व्यापक छलफल भइरहेको छ । तर कस्तो बनाउने नेपालले आप्रवासी नीति बनाउनेबारे छलफल भइरहेको छ । नीति स्पष्ट नभएसम्म ऐन कानूनको आधार हुदैँन् । नीतिको मस्यौदा तयार गरेका छौ त्यसबारे पनि छलफल हुनुपर्छ । सबैको धारणा आएपछि सरकारले त्यसको आधारमा ऐन संशोधन अगाडि बढाउने हो ।’

यस्तै, उनले पाँच हजारभन्दा बढि नेपाली भएको मुलुकमा दूतावास खोल्ने जस्ता धेरै निर्णयहरु भएपनि मुलुकको आर्थिक अवस्था, राज्यको स्थिती जस्ता कुराहरुले गर्दा काम हुन नसकेको बताए ।

उनले भने, ‘पाँच हजारभन्दा बढि नेपाली कुनैपनि मुलुकमा छन् भने त्यहाँ दूतावास खोल्नुपर्छ भन्ने निर्णय भएको थियो । तर यो हुन सकेको छैन् ।

पासपोर्ट, श्रम स्वीकृतिको लागि एकजना परराष्ट्र मन्त्रालयको अधिकृत, एकजना श्रम मन्त्रालयको अधिकृत र एकजना स्थानीय कर्मचारी गरेर तीनजनाको राइट पोस्टिङ् गर्ने कुराको पनि सिफारिस भएको थियो । यसमा काम गर्न खोजिरहेका छौ तर मुलुकको आर्थिक अवस्था, राज्यको स्थिती जस्ता कुराहरुले गर्दा चाहेर पनि गर्न सकिरहेका छैनौ । तर परराष्ट्र मन्त्रालयमा छलफल भईरहेको छ ।’

यसको साथै, भिजिट भिसामा जाने प्रवृत्ति धेरै बढेको भन्दै सामाजिक सुरक्षा कोषमा आवद्ध नभएसम्म श्रम स्वीकृति नपाउने व्यवस्था गर्ने पनि उनको भनाई छ ।

उनले नेपालीहरु जुन देशमा भएपनि उनीहरुलाई वैधानिक बनाउनको लागि पनि कामहरु भइरहेको पनि बताए ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...