BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

वन विकासका बाधक ऐन कानुनहरु संशोधन गरिन्छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको प्रभावकारी विकासको लागि ऐन कानुनहरु बाधकको रुपमा रहेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

 

शुक्रबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सरकारको नीति तथा कार्यक्रममा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धीहरुका सम्बन्धमा मन्त्रालयसँग छलफलमा उनले बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गरेर आगामी दिनमा सहज रुपमा लैजाने प्रतिबद्धता जनाए ।

उनले भने,‘वन मन्त्रालयको विकासको बाधक वा वनसँग जोडिएका कानुनहरु छन्, ऐनहरु र नियमावली छन् । तर बाधक भएका र समस्याका रुपमा पहिचान गरेका केही ऐनहरुलाई संशोधन गर्नु जरुरी छ ।’

उनले विकास पनि गर्नुपर्ने र वनलाई पनि जोगाउनुपर्ने कर्तव्य रहेकाले दुइवटा कुरालाई सँगसँगै लैजानका लागि धेरै जटिल रहेको धारणा राखे । विकास र वनको संरक्षणलाई सँगै लैजान केही ऐनहरु र नियमावली संशोधन गर्ने र नयाँ कानुनहरुको निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...