BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

कानुन र संविधान निर्माणमा नेपाल दक्षिण एसियाकै अग्रणी : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिएका हुन् ।
नेपालले न्याय क्षेत्रमा उल्लेख उपलब्धि हासिल गर्दै आएको जनाउँदै उनले दक्षिण एसियामा कानुन र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको बताए ।

 

‘हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रुपमा विकास र सञ्चालन गर्न चाहान्छौँ । सामाजिक सूप्रबन्धका लागि विश्वमा राजनीति, राज्य र कानुनको आविष्कार हुँदै आएको छ ।

समाजको चेतना र संस्कृति अनुकूल संविधान र कानुन बनेका हुन्छन् ।’, प्रधानमन्त्री ओलीलले भने, ‘न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानुनसम्मत समाजको परिचालन आवश्यक छ ।

संविधान र कानुलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिजअर्डर कायम हुन्छ । कानुनको कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ ।’

नेपालमा २०७५ भदौ १ गतेबाट विभिन्न संहिता कानुनहरु लागु भएको सन्दर्भमा मनाइएको दिवसमा ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिक रुपमा पहल भएमा संसदले संविधान संशोधन गर्न सक्ने स्पष्ट पारे।

 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित कार्यक्रममा ओलीले सर्वाेच्च अदालतले मर्यादाक्रमअनुसारका तलवमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको बताए ।

राजस्व अशुलीको प्रवृत्तिमा २४ प्रतिशतले कमी भएको र संसदबाट बजेट पारित भइसकेको स्थितिमा उक्त आदेशको कार्यान्वयनबारे सरकारले फेरि अदालतसमक्ष समाधानको उपाय निकाल्न भन्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...