NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट

 

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बानेश्वरस्थित समाज डेन्टल हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहक साथै उनीहरुका परिवारलाई हस्पिटलले दन्त स्वास्थ्य सेवामा छुट दिनेछ ।

समाज डेण्टल हस्पिटलका सबै शाखाहरुमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट दिइने भएको हो । समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०७:४१

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१...

वि.सं.२०८१ असोज २० आइतवार २१:०१

  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाढी, पहिरो र डुबानमा परेकाहरुको...

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच आइपीओ जारी गर्नेसम्बन्धी सम्झौता

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट...

वि.सं.२०८१ असोज २० आइतवार २०:३८

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल...