Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

निजी क्षेत्रको भूमिकालाई संकुचित बनाउने काम हुँदैछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भूमिका संकुचित बनाउने किसिमको कामहरु भइरहेको बताएका छन् ।

आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीय संसदमा छलफलको क्रममा रहेका कानूनहरु हुबहु पास भएमा अर्थतन्त्रमा नै समस्या आउने भन्दै महासंघले नीति निर्माणको तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास भइरहेको बताए ।

उनले भने, ‘डेढ दर्जन निजी क्षेत्रसँग सम्बन्धित कानूनहरु संघीय संसदमा छलफलको क्रममा छ । ती कानूनहरु हुबहु पास भएमा अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । निजी क्षेत्रको भूमिका संकुचित बनाउने गरि काम भइरहेको छ ।

महासंघले नीति निर्माणको तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास भइरहेको छ । व्यक्तिगत स्वार्थमा हामी काम गर्दैनौ तर समग्र नीजि क्षेत्रको हित, संरचना र काममा हामी प्रतिबद्ध छौ ।’

यस्तै, उनले देशको आर्थिक अवस्था सुधारको लागि सरकार र नीजि क्षेत्रले लगानी बढाउनु पर्ने भन्दै सरकारले नीतिगत केही प्रोत्साहनका रुपमा मात्र लगानी गर्दा पनि निजी क्षेत्र उत्साहित भएर लगानी गर्ने गरेको पनि बताए ।

उनले भने, ‘देशको आर्थिक अवस्था सुधारको लागि सरकार र नीजि क्षेत्रले लगानी बढाउनुपर्ने हुन्छ । पछिल्लो अनुभव अनुसार सरकारले एक रुपैया खर्च गर्दा नीजि क्षेत्रले पाँच रुपैयाँ खर्च गरेको देखिन्छ ।

नेपालको सिमेन्ट उद्योगको कुरा गर्ने हो भने सरकारले एक अर्ब खर्च गर्दा, निजी क्षेत्र करिब १८ अर्ब लगानी गरेको देखिन्छ । त्यसैले सरकारले नीतिगत केही प्रोत्साहनका रुपमा मात्र लगानी गर्दा पनि नीजि क्षेत्र निकै उत्साहित भएर लगानी गर्ने गरेको छ ।’

पछिल्लो तीन दशकमा नेपालको औसत आर्थिक वृद्धिदर चार प्रतिशत वा सोभन्दा तल गएको उल्लेख गर्दै आउने कानूनहरु निजी क्षेत्रमैत्री, लगानीमैत्री, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बढाउने र लगानी बढाउने हिसाबको आउने आशा गरेको उनको भनाई छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...