CG Electronics
Ncell NPL
NIMB

निजी क्षेत्रको भूमिकालाई संकुचित बनाउने काम हुँदैछ : अध्यक्ष ढकाल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भूमिका संकुचित बनाउने किसिमको कामहरु भइरहेको बताएका छन् ।

आइतबार ‘दिगो आर्थिक विकासका लागि नीतिगत सुधार’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीय संसदमा छलफलको क्रममा रहेका कानूनहरु हुबहु पास भएमा अर्थतन्त्रमा नै समस्या आउने भन्दै महासंघले नीति निर्माणको तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास भइरहेको बताए ।

उनले भने, ‘डेढ दर्जन निजी क्षेत्रसँग सम्बन्धित कानूनहरु संघीय संसदमा छलफलको क्रममा छ । ती कानूनहरु हुबहु पास भएमा अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ । निजी क्षेत्रको भूमिका संकुचित बनाउने गरि काम भइरहेको छ ।

महासंघले नीति निर्माणको तहमा गरिरहेको प्रतिनिधित्व घटाउने प्रयास भइरहेको छ । व्यक्तिगत स्वार्थमा हामी काम गर्दैनौ तर समग्र नीजि क्षेत्रको हित, संरचना र काममा हामी प्रतिबद्ध छौ ।’

यस्तै, उनले देशको आर्थिक अवस्था सुधारको लागि सरकार र नीजि क्षेत्रले लगानी बढाउनु पर्ने भन्दै सरकारले नीतिगत केही प्रोत्साहनका रुपमा मात्र लगानी गर्दा पनि निजी क्षेत्र उत्साहित भएर लगानी गर्ने गरेको पनि बताए ।

उनले भने, ‘देशको आर्थिक अवस्था सुधारको लागि सरकार र नीजि क्षेत्रले लगानी बढाउनुपर्ने हुन्छ । पछिल्लो अनुभव अनुसार सरकारले एक रुपैया खर्च गर्दा नीजि क्षेत्रले पाँच रुपैयाँ खर्च गरेको देखिन्छ ।

नेपालको सिमेन्ट उद्योगको कुरा गर्ने हो भने सरकारले एक अर्ब खर्च गर्दा, निजी क्षेत्र करिब १८ अर्ब लगानी गरेको देखिन्छ । त्यसैले सरकारले नीतिगत केही प्रोत्साहनका रुपमा मात्र लगानी गर्दा पनि नीजि क्षेत्र निकै उत्साहित भएर लगानी गर्ने गरेको छ ।’

पछिल्लो तीन दशकमा नेपालको औसत आर्थिक वृद्धिदर चार प्रतिशत वा सोभन्दा तल गएको उल्लेख गर्दै आउने कानूनहरु निजी क्षेत्रमैत्री, लगानीमैत्री, रोजगारी सिर्जना गर्ने, पूर्वाधार बढाउने र लगानी बढाउने हिसाबको आउने आशा गरेको उनको भनाई छ ।

CG Electronics
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:५४

  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि...

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २१:०२

  नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:५९

  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं...

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...