Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउन लागि परेको छौं

Machhapuchchhre Bank Limited

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि मन्त्रालय लागि परेको बताएका छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको बैठकमा उनले सबैको चासोको रुपमा वातावरण विभाग रहेको भन्दै यसमा सरकार गम्भीर भएर लागेको बताए ।

वातावरण मन्त्रालय नै अर्को बनाउने कुरा भने सम्भव नरहेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई नै सम्पन्न बनाएर लान सकिने पनि उनको भनाई छ ।

उनले भने, ‘भविष्यमा युवाहरुको बढुवाको अवसर र उहाँहरुलाई यो वातावरण समुहमा पनि आवद्ध गर्ने कुरा अगाडि बढि सकेको कुरा जानकारी गराउन चहान्छु । सबैको चासोको रुपमा रहेको वातावरण मन्त्रालय र वातावरण विभाग नै छुट्टै हुनु पर्छ भन्ने कुरा पनि आएको छ ।

वातावरण विभाग कार्यरत छ र त्यहा पर्याप्त जनशक्तिको अभाव र स्रोतसाधनको अभाव छ नै यसलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि वन तथा वातावरण मन्त्रालय लागि परेको छ ।’

यसको साथै, उनले वातावरण परिषद् बनाउने कुरामा पनि मन्त्रालय सकारात्मक रहेको भन्दै यो विषयमा छलफल अगाडि बढाएर वातावरण परिषद् निर्माण गर्ने बताए ।

उनले वन मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्ने कुरा उल्लेख गर्दै जलवायु परिवर्तनको बारेमा पनि गम्भीर रहेको बताए ।

उनले भने, ‘अहिले जलवायु परिवर्तनको कुरा विश्वव्यापी रुपमा आएको छ । यसले नेपलालाई पनि प्रभाव पारेको हुनाले वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्छ जस्तो लाग्छ । यस विषयमा छलफल हुन आवश्यक छ । जलवायु परिवर्तनको बारेमा गम्भिर भएर लागेका छौ ।’

आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्या र नेपालमा वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल भएको थियो ।

 

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...